महान्यायाधिवक्तालाई न्यायाधीश मल्लको जवाफ: ‘सर्वोच्चको गलत व्याख्याले महिलाले भाग गुमाएको भन्नु गलत’
सारांश
- वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले महान्यायाधिवक्ताको टिप्पणी गलत भएको बताइन्।
- उनले संविधान र सर्वोच्चको व्याख्याका कारण महिलाले अवसर गुमाएको भन्न नमिल्ने स्पष्ट पारिन्।
- सभामुख र उपसभामुखमा एक जना महिला लेखेजस्तै राष्ट्रपति र उपराष्ट्रपतिमा पनि लेख्ने प्रस्तावमा सहमति जुटेको थिएन।
काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्चको गलत व्याख्याको कारण राष्ट्रपति र उपराष्ट्रपति पदमा महिलाले भाग गुमाएको भन्ने महान्यायाधिवक्ताको टिप्पणी गलत भएको स्पष्ट पारेकी छन् । महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो स्पष्टीकरण दिएकी हुन् ।
उनले संविधान र सर्वोच्चको व्याख्याको कारण सर्वोच्चको फैसलाकै कारण महिलाले अवसर गुमाएको भन्न नमिल्ने बताएकी हुन् । उनले सर्वोच्चले गरेको भाषाको राम्रोसँग अध्ययन गर्न पनि सुझाव दिइन् । उनले संविधान निर्माण प्रक्रियामा आफू पनि संलग्न रहेको उल्लेख गर्दै सभामुख र उपसभामुखमा एक जना महिला भनेर लेखेजस्तै राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला भनेर लेख्ने प्रस्ताव गरेको भए पनि सहमति जुट्न नसकेको बताइन् ।
उनले भनिन्, ‘सर्वोच्च अदालतको व्याख्याकै कारणले राष्ट्रपति र उपराष्ट्रपतिमा महिलाले भाग गुमाइन् भन्ने कुरा गलत हो । महान्यायाधिवक्ताजी तपाईंले हामीले गरेको भाषा हेर्नुपर्यो । म त संविधान लेखनमा संलग्न भएको मान्छे । हामीले त जसरी सभामुख र उपसभामुखमा एक जना महिला भनेर लेखेका छौँ त्यसरी नै राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला भनेर लेखौँ भनेको थिए । होइन फरक लिङ्गको भन्ने कुरा आयो । फरक लिङ्ग भन्नाले त्यहाँ मधेसी पनि हुनसक्छ, दलित पनि हुनसक्छ, आदिवासी पनि हुनसक्छ भन्ने कुरा आयो । पछि सर्वोच्चले व्याख्या गर्दा खेरी महिला भएर नै व्याख्या गर्दा फरक हुन्थ्यो कि ।’
यसअघि महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतको गलत फैसलाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा महिला अधिकार खोसिएको टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण