सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

बुटवलमा जेनजीको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

सोमबार, २३ भदौ २०८२, १३ : १५
सोमबार, २३ भदौ २०८२

सारांश

  • रुपन्देहीको बुटवलमा युवा पुस्ताले सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गरेको छ।
  • बुटवलको कालिका चोकबाट सुरु भएको प्रदर्शन बुटवल उपमहानगरपालिका गेट अगाडि पुगेर नाराबाजीमा परिणत भयो।
  • प्रदर्शनकारीहरूले सरकार भ्रष्ट भएको र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको भन्दै नारा लगाए।

बुटवल । जेनजी पुस्ताले रुपन्देहीको बुटवलमा पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौँ युवाहरू सहभागी भएका छन् । 

बुटवलसँगै सो पुस्ताले काठमाडौँ, विराटनगर, चितवन, पोखरा लगायतका स्थानमा प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा उनीहरूले देशभर प्रदर्शन गरेका हुन् ।

बुटवल कालिका नगरदेखि सुरु भएको प्रदर्शन बुटवलको ट्राफिक चोक हुँदै बुटवल उपमहानगरपालिका गेट अगाडिसम्म पुगेको थियो । गेट अगाडि प्रदर्शनकारीहरूले करिब दुई घण्टा नाराबाजी गरेका थिए। उनीहरूले  सरकार भ्रष्टाचारी भएको, सामाजिक सञ्जालमा प्रतिबन्ध गरेको भन्दै चर्को नाराबाजी गरेका थिए

तस्बिरहरू :

butwal-genz-protest (1)butwal-genz-protest (2)butwal-genz-protest (3)butwal-genz-protest (4)butwal-genz-protest (5)butwal-genz-protest (6)butwal-genz-protest (7)butwal-genz-protest (8)butwal-genz-protest (9)butwal-genz-protest (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप