समाचार
जेनजीको प्रदर्शन : गृहमन्त्रीसहितका उच्चपदस्थ अधिकारी अनौपचारिक बैठकमा
सोमबार, २३ भदौ २०८२, १३ : २७
काठमाडौँ । जेनजीले गरेको आन्दोलन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू छलफलमा जुटेका छन् ।
गृहमन्त्री रमेश लेखक राज्य व्यवस्था तथा सुशासन समिति बैठक बिचैमा छोडेर मन्त्रालय पुगेपछि उच्च पदस्थ अधिकारीहरू छलफलमा जुटेका हुन् ।
गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेसहितका कर्मचारीहरू आन्दोलनको सूचना सङ्कलन गरिरहेका छन् ।
मन्त्रालयका प्रवक्तासमेत रहेका काफ्लेले आफूहरू एकै स्थानमा बसेर सूचना लिने काम गरिरहेको जानकारी दिए । ‘फिल्डमा के के भइरहेको छ भन्ने विषयमा सबै एकै स्थानमा बसेर सूचना सङ्कलन गरिरहेका छौँ, ’ प्रवक्ता काफ्लेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण