काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा सडक प्रदर्शनमा उत्रिएका जेनजीहरूको आक्रोशको केन्द्र संसद् भवन बनेको छ ।
_kJNid0NMyg.jpg)
माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर पुगेका जेनजी प्रदर्शनकारीहरू प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवन अगाडि केन्द्रित बनेका थिए । संसद् भवन अगाडि केहीबेर प्रदर्शन गरेका उनीहरूमाथि प्रहरीले बल प्रयोग सुरु गरेको थियो ।
_Uv5lyTrLmB.jpg)
यता, प्रदर्शनकारीहरू आगजनी र तोडफोडमा उत्रिएका थिए । उनीहरूले संसद् भवनको पर्खाल तोडफोड गर्नुका साथै पर्खाल नाघेर भवन परिसरमा छिर्ने प्रयास गरेका थिए ।
_iI3KXDlIsP.jpg)
यही क्रममा प्रहरीले प्रहार गरेको रबरको गोली र अश्रुग्याँसले दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । झडपमा प्रहरीहरू पनि घाइते भएका छन् ।
_pR0VM7ejZX.jpg)
घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै केही सञ्चारकर्मीसमेत घाइते भएका छन् ।
_zy12ZOT2V3.jpg)
प्रदर्शन नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले काठमाडौँका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । अपराह्न १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश दिइएको हो ।
नयाँ बानेश्वर आसपासका क्षेत्र, शीतल निवास (राष्ट्रपति कार्यालय) वरपरको क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) वरपरको क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र , केशर महल चोकदेखि जयनेपालमोड र महेन्द्र सालिक सम्म, सिंहदरबार क्षेत्र वरिपरि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
हेर्नुहोस् तस्बिरहरू :
_Qr9qjIxKLc.jpg)
_14WYajqyQF.jpg)
_OBVMMXKFxa.jpg)
_s5FLmSm6aD.jpg)
_USxmQsHBgH.jpg)
_qDTT7nYIYX.jpg)
_ZITKzNsI0c.jpg)
_jvzLvPK0h7.jpg)
_oDSjEYCbIX.jpg)
_bYuBEXdbtb.jpg)
_gg241chjcV.jpg)
_MInpKVvIfe.jpg)
_W1LPTahmPn.jpg)
_0ax67WRQlL.jpg)
_9SgOzzj0pi.jpg)
_zihgZwanCC.jpg)
_5O8Xvn38GY.jpg)
_v8GxwnFS6Q.jpg)
_PY4LKX0xkc.jpg)
_sQwoO2glOQ.jpg)
_ZT0j4czkWZ.jpg)
_KIQzuhvVo8.jpg)
_D3iKC8Em9A.jpg)
_H9weAlgFPA.jpg)
_Mc6mZnx500.jpg)
_H8ChAK8gUl.jpg)
प्रतिक्रिया