जेनजीको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको आग्रह
सारांश
- प्रचण्डले जेनजी युवाहरूको माग तत्काल पुरा गर्न सरकारसँग आग्रह गरेका छन्।
- नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेकोमा प्रचण्डले आपत्ति जनाएका छन्।
- प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्युको वास्तविकता बाहिर ल्याउन माग गरेका छन्।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरूले उठाएका माग तत्काल पुरा गर्न सरकारसँग माग गरेका छन् । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका प्रचण्डले जेनजीको माग पुरा गर्न उनले आग्रह गरेका हुन् ।
यस्तै सोमबार नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेकोमा पनि आपत्ति जनाएका छन् । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएको विषयमा वास्तविकता बाहिर ल्याउन आग्रह गरेका छन् ।
‘जेनजी युवाहरूले उठाएका माग जायज छ । उनीहरूको माग तत्काल पुरा गर्न म सरकारसँग आग्रह गर्दछु । साथै प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरी ७०–८० जना घाइते भएको खबर आएको छ । प्रदर्शनमा एक जनाको मृत्यु पनि भएको आएको छ । यसको वास्तविकता सार्वजनिक गर्न माग गर्दछु । साथै उनले घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न म आग्रह गर्छु’, रातोपाटीसँग उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण