जेनजी आन्दोलनबारे सरकारका प्रवक्ता भन्छन्–कुनै प्रतिक्रिया छैन
काठमाडौँ । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जेन–जी आन्दोलनबारे कुनै प्रतिक्रिया नदिने बताएका छन् । सोमबार भ्रष्टाचार र सामाजिक प्रतिबन्धको विरोधमा जेन–जीहरूको प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले सिंहदरबार, शीतलनिवास, बानेश्वर र माइतीघर आसपासमा कर्फ्यु आदेश जारी गरेको छ ।
आक्रोशित जेनजीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेपछि प्रहरीले गोली नै चलाउनुपरेको छ । प्रहरीको गोलीबाट एक प्रदर्शनकारीको ज्यान गएको छ । यता जेनजी आक्रोश बढ्दै गएपछि सामाजिक सञ्जाल नियमनका नाममा सरकारले प्रतिबन्ध खुला गर्नुपर्ने माग उठिरहेको छ । आन्दोलन बढ्दै गएपछि हामीले सामाजिक सञ्जाल खोल्नेबारे सरकारले केही सोचेको छ कि भनेर सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङलाई फोन सम्पर्क गर्दा उनले भने, ‘यसबारे मेरो कुनै प्रतिक्रिया छैन ।’ गुरुङले पाँच शब्द बोलेर फोन काटिदिए ।
यसैबिच सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेनजी पुस्ताको प्रदर्शनका विषयमा छलफल गरेका छन् ।
सभापति देउवाले सोमबार आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर महामन्त्री थापा र शर्मासँग कुराकानी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण