आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

जेनजी आन्दोलनमा घुसपैठ भएको एमालेको आशङ्का

सोमबार, २३ भदौ २०८२, १४ : ३९
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले गरेको आन्दोलनमा घुसपैठ भएको हुनसक्ने सत्तारुढ दल एमालेले आशङ्का गरेको छ ।  नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जेनजीको आन्दोलनभित्र व्यापक घुसपैठ भएको हुनसक्ने आशङ्का गरिएको बताए ।

‘जेनजीहरुको आन्दोलनमा व्यापक घुसपैठ भएको आशङ्का एमालेले गरेको छ’, गौतमले भने– ‘जेनजीका नाममा राजनीतिकरण गरियो भन्ने हामीलाई आभास भएको छ ।’

आन्दोलनका कारण सोमबार बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । आन्दोलनकारीहरू संसद् भवनभित्रै प्रवेश गर्ने, संसद् भवनको पर्खाल भत्काउने गर्न थालेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर केही व्यक्तिको निधन भएको बताइएको छ । स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि आन्दोलनकारी हटेका छैनन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप