नेपालको जेनजी आन्दोलनबारे अन्तर्राष्ट्रिय मिडियाले के लेखे ?
काठमाडौँ । नेपालमा भइरहेको जेनजी आन्दोलनको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गरिरहेका छन् ।
बीबीसीले नेपाल सरकारले २६ वटा प्रमुख सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि जेनजी पुस्ताका युवाले देशव्यापी प्रदर्शन गरेको समाचार प्रकाशन गरेको छ । प्रदर्शनमा अधिकांश स्कुल र कलेजका विद्यार्थी सहभागी भएको समाचारमा उल्लेख छ । प्रदर्शनकारीहरुले नेपालको राजनीतिक भ्रष्टाचारको मुद्दा उठाउँदै संसद् भवन प्रवेश गर्ने क्रममा प्रहरीसँग झडप भएको जनाएको छ ।
यस्तै भरतीय अनलाइन न्युज पोर्टल इण्डिया टुडेले नेपालमा जेनजीले ठुलो प्रदर्शन गरेको समाचार प्रकाशन गरेको छ । इण्डिया टुडेले आन्दोलनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु र ८० जना घाइते भएको उल्लेख गरेको छ । नेपाल सरकारले ४ सेप्टेम्बरमा २६ वटा मुख्य सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएपछि नागरिकमा आक्रोशमा बढेको उल्लेख गरेको छ ।
टाइम्स इण्डियाले पनि नेपालमा जेनजीको प्रदर्शनलाई मुख्य समाचार बनाएको छ । ‘फेसबुक, युट्युब, एक्स ब्यान्ड नेपाल : जेनजीज टेकओभर काठमाण्डु स्ट्रिट्स’ शीर्षकमा समाचार बनाएको छ । टाइम्स अफ इण्डियाले ठुलो संख्यामा नेपालको राजधानी काठमाडौँ लगायत प्रमुख सहरहरुमा जेनजी युवाले सरकारविरुद्ध प्रदर्शन गरेको उल्लेख छ । राष्ट्रिय झण्डा लिएर राष्ट्रगान गाउँदै उनीहरुले प्रदर्शन गरेको समाचारमा छ ।
अर्को भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा जेनजी पुस्ता सरकारविरुद्ध सडकमा आएको उल्लेख गरेको छ । प्रदर्शनकारीहरु संसद् भवन परिसरमा प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको उल्लेख गरेको छ । आजतकले नेपालमा सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा आवाज उठेको भन्दै प्रदर्शन नियन्त्रणका लागि सरकारले कर्फ्यु आदेश जारी गरेको समाचार प्रकाशन गरेको छ ।
नवभारतटाइम्सले ‘फेसबुक, इन्स्टाग्राम बन्दविरुद्ध नेपालमा जेनजीको प्रदर्शन, कर्फ्यु लगाएपछि पनि संसद् परिसरमा प्रवेश गरे प्रदर्शनकारी’ शीर्षकमा समाचार प्रकाशन गरेको छ । नेपालका जेनजीले सोमबारको प्रदर्शनलाई ‘जेनजी रिभोल्युसन’ नाम दिएको नवभारतटाइम्सले उल्लेख गरेको छ ।
अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि नेपालको जेनजी आन्दोलनको समाचारलाई प्राथमिकता दिइरहेका छन् ।
भ्रष्टाचार र समाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा नेपालका जेनजी पुस्ताले देशव्यापी प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ भने ८० जना भन्दा बढी घाइते भएका छन् । राजधानी काठमाडौँ, विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्जलगायत प्रमुख सहर र अन्य स्थानमा पनि उनीहरुले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रणका लागि प्रशासनले काठमाडौँ र पोखराका केही स्थानमा कर्फ्यु आदेश समेत जारी गरेको छ भने अन्य केही सहरमा निषेधाज्ञा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण