जेनजी आन्दोलनमा गोली प्रहार, जसपा नेपालद्वारा निन्दा
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले काठमाडौँमा भएको विद्यार्थी आन्दोलनमा गोली प्रहार गरी मृत्यु हुन पुगेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जसपाका महासचिव रामकुमार शर्माले सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत जेनजी पुस्ताले सामाजिक सञ्जार विरोधको बन्द तथा भ्रष्टाचारलगायतका विषयमा शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारकै निर्देशनमा दमन गरिएको भन्दै घोर आपत्ति प्रकट गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शनका क्रममा गोली प्रहारबाट मृत्यु भएकोप्रति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।” घाइतेलाई निःशुल्क उपचारको साथै सम्पूर्ण व्यवस्था गर्न जसपा नेपालले माग गरेको छ ।
लामो समयदेखि देशका देखिएको गरिबी, बेरोजगारी, कुशासन र भ्रष्टाचारको कारण आम जनसमुदाय आक्रोशित रहेको परिप्रेक्ष्यमा युवा विद्यार्थीहरुले गरिरहेको शान्तिपूर्ण आन्दोलनमाथि दमन बन्द गर्न आग्रह गर्दै जसपा नेपालले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन तथा वार्ता र संवादका मार्फत समस्या समाधान गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण