आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनमा सरकारी दमन, जसपा नेपालद्वारा निन्दा

सोमबार, २३ भदौ २०८२, १६ : १९
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले काठमाडौंमा भएको जेनजी आन्दोलनमा भएको सरकारी दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जसपाका महासचिव रामकुमार शर्माले सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा जेनजी पुस्ताले सामाजिक सञ्जार विरोधको बन्द तथा भ्रष्टाचारलगायतका विषयमा शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारकै निर्देशनमा दमन गरिएको भन्दै घोर आपत्ति प्रकट गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'शान्तिपूर्ण प्रदर्शनका क्रममा गोली प्रहारबाट मृत्यु भएकोप्रति पार्टी हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।' घाइतेलाई निशुल्क उपचारको साथै सम्पूर्ण व्यवस्था गर्न जसपा नेपालले माग गरेको छ ।

लामो समयदेखि देशका देखिएको गरिबी, बेरोजगारी, कुशासन र भ्रष्टाचारको कारण आम जनसमुदाय आक्रोशित रहेको परिपेक्ष्यमा युवा विद्यार्थीहरुले गरिरहेको शान्तिपूर्ण आन्दोलनमाथि दमन बन्द गर्न आग्रह गर्दै जसपा नेपालले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन तथा वार्ता र संवादकामार्फत समस्या समधान गर्न माग गरेको छ । 

आन्दोलनमा काठमाडौँका विभिन्न क्षेत्रमा गरी १२ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने कैयौँ संख्यामा युवाहरू घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप