अपडेट : जेनजीको प्रदर्शनमा गोली लागेर १२ जनाको मृत्यु
सारांश
- जेनजीको प्रदर्शनमा गोली लागेर १२ जनाको मृत्यु भएको छ, जसमा सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ।
- भ्रष्टाचार विरुद्धको प्रदर्शनमा प्रहरीसँगको झडपमा १२३ जना घाइते भएका छन्, जसमा १७ जनाको अवस्था गम्भीर छ।
- घाइतेहरूको उपचार ट्रमा सेन्टर, एभरेस्ट अस्पताल, पाटन, भेनस र बयोधामा भइरहेको छ।
काठमाडौँ । जेनजीको प्रदर्शनमा गोली लागेर मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेको छ । अहिलेसम्म १२ जनाको मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए ।
सिभिल अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको छ । सिभिल अस्पतालमा मृत्यु हुनेमा धनकुटा घर भएका ३५–४० वर्षीय पारुहाङ उथुमी राईसहित ३ जना छन् ।
ट्रमा सेन्टरमा उपचाररत ६ जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ जनाको मृत्यु भएको छ ।
भ्रष्टाचारको विरुद्धमा सोमबार जेनजी पुस्ताले माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीसँग झडप हुँदा १२३ जना घाइते भएका छन् । घाइतेहरूमध्ये १७ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयका सचिव डा.विकाश देवकोटाले रातोपाटीलाई बताए । उनले भने– ‘सिभिलमा उपचाररत १७ जनाको अवस्था गम्भीर छ ।’
ट्रमा सेन्टरमा ५० जना घाइतेहरूको उपचार हुँदैछ । एभरेस्ट हस्पिटल, पाटन, भेनस र बयोधामा घाइतेहरूको उपचार हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण