बुटवलमा प्रहरीद्वारा अश्रुग्यास प्रहार, पूर्वगृहमन्त्रीको घरमा सामान्य तोडफोड
सारांश
- रुपन्देहीको बुटवलमा प्रदर्शनका क्रममा प्रहरी र युवाबीच झडप हुँदा अश्रुग्यास प्रहार भयो।
- प्रदर्शनकारीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घर तोडफोड गरे, जसले गर्दा गेट र सिसामा क्षति पुग्यो।
- जिल्ला प्रशासन कार्यालयले बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कर्फ्यु लगायो, जसले गर्दा भिड, जुलुस र प्रदर्शनमा प्रतिबन्ध लाग्यो।
बुटवल । जेन जी पुस्ताका युवाहरूले रुपन्देहीको बुटवलमा प्रदर्शनका क्रममा प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
बुटवलको राजमार्ग चौराहामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हुँदा अश्रुग्यास प्रहार गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले रातोपाटीलाई बताए ।
बुटवल राजमार्ग चौराहाबाट जेन जी पुस्ताको प्रदर्शन दिउँसो नगरपालिका गेटअगाडि पुगेर करिब २ घण्टा नारा जुलुस गरेको थियो भने एमाले पार्टी कार्यालय सुख्खानगरस्थित पुगेको थियो । प्रवक्ता कार्कीले कति राउन्ड अश्रुग्यास प्रहार भयो भन्ने यकिन विवरण अझै नआएको रातोपाटीलाई बताए ।
उनले बुटवलका विभिन्न ठाउँमा रहेका आन्दोलनकारीलाई तितरबितर पारिएको खुलाए । यहाँ आन्दोलनकारीले पार्टी कार्यालय लक्षित गर्दै आन्दोलन गरेपछि जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जारी गरेको आदेशअनुसार तोकिएका क्षेत्रमा कुनै पनि प्रकारका भिड, जुलुस, प्रदर्शन, सभा, बैठक वा घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।
दिउँसो पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घर तोडफोड गरेका छन् । बिहानैदेखि प्रदर्शनमा निस्किएका जेन जी समूहले खाँणको घरमा ढुंगामुढा गरेर तोडफोड गरेका हुन् ।
प्रदर्शनकारीको ढुंगामुढाबाट खाँणको घरको मूल गेटमा क्षति पुगेको र घरका केही सिसाहरू फुटेको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए । यस्तै नेपाली कांग्रेसको भैरहवास्थित पार्टी कार्यालय पनि सामान्य तोडफोड गरेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले रातोपाटीलाई बताए ।
_2OBdmqJFs9.jpg)
_WaQHr9xYGq.jpg)
_ToFstHqyg5.jpg)
_j8Qlt6uV2v.jpg)
_aV9O9Q97IC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण