बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
अपडेट

जेनजीको प्रदर्शनमा सहभागी ५४ जना पक्राउ

सोमबार, २३ भदौ २०८२, १८ : ३०
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरुद्धमा प्रदर्शनमा उत्रिएका जेनजी समूहका ५४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शन स्थलमा उच्छृङ्खल गतिविधि गर्ने ५४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएर प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए । ‘नेपो बेवी’ ट्रेन्ड अन्तर्गत उनीहरुले नेताका छोराछोरीलाई निशाना बनाएका हुन् ।

काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा ४ सय ५३  जना घाइते भए । अहिलेसम्म १७ जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । ट्रमा सेन्टरमा ८ जना, टिचिङमा १ जना, सिभिल अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना र एभरेष्ट हस्पिटलमा ३ जनाको मृत्यु भएको खनालले जानकारी दिए ।

 प्रदर्शनको सुरक्षामा खटिएका १७८ जना प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीतर्फ ९ जना घाइते भएका छन् ।प्रदर्शनको फोटो खिच्ने क्रममा दुई जना पत्रकार घाइते भएका छन् । प्रदर्शनकारी तर्फ २७२ जना घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप