मन्त्रिपरिषद् बैठक
जेनजी प्रदर्शन : १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन
सोमबार, २३ भदौ २०८२, २१ : २१
१
काठमाडौँ । जेनजीहरूले सोमबार गरेको प्रदर्शन हिंसामा परिणत भएपछि सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार समितिले १५ दिनभित्र घटनाको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ । समितिमा रहनेहरूको नाम भने भोलि बिहानसम्म सार्वजनिक हुने ती मन्त्रीको भनाइ छ ।
सोमबार भ्रष्टाचार नियन्त्रणको मुख्य मागसहित जेनजीहरुले काठमाडौँसहित मुख्य शहरमा प्रदर्शन गरेका थिए ।
त्यसक्रममा १७ जना भन्दा बढीको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् । घटनापछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण