विद्यार्थीमाथिको दमनले राज्य भक्षक बनेको प्रमाणित: कम्युनिस्ट समाजवादी पार्टी नेपाल
सारांश
- कम्युनिस्ट समाजवादी पार्टी नेपालले विद्यार्थीमाथिको दमनलाई राज्य भक्षक बनेको आरोप लगाएको छ।
- पार्टीले युवामाथिको दमनलाई फासिवादी शैलीको संज्ञा दिँदै मृतकलाई शहीद घोषणा गर्न माग गरेको छ।
- पार्टीले देशमा व्याप्त भ्रष्टाचार, असमानता र दलाल संसदीय व्यवस्थालाई समस्याको मूल कारण मानेको छ।
काठमाडौँ । कम्युनिस्ट समाजवादी पार्टी नेपालले जेनजी पुस्ताद्वारा आयोजित प्रदर्शनमा निहत्था विद्यार्थीमाथि दमनले राज्य भक्षक बनेको प्रमाणित भएको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीले यस्तो आरोप लगाएको हो । ‘राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुको सट्टा क्रूर दमन गर्नुले राज्य रक्षक नभएर भक्षक बन्न पुगेको कुरा प्रमाणित भएको छ।’ संयोजक हरिकृष्ण गजुरेल (भाष्कर)द्वारा सोमबार विज्ञप्ति भनिएका छ ।
भ्रष्टाचार र बेथितिविरुद्ध स्वतःस्फूर्त रूपमा आन्दोलनमा उत्रिएका युवाहरूलाई सरकारले फासीवादी शैलीमा दमन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । “देशको विकराल परिस्थितिले चरम निराश भएका युवाहरू ‘अब त अति भयो (इनफ इज इनफ)’ भन्ने हेतुले विरोधको तयारी थालिरहँदा सरकारले एकाएक सामाजिक सञ्जाल बन्द गराएर उनीहरूलाई तितरवितर पार्न खोजेको थियो,” विज्ञप्तिमा भनिएको छ।
पार्टीले मृतक विद्यार्थीहरूलाई शहीद घोषणा गर्न, घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न र परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। “वीर योद्धाहरूको ज्यानको आहुति राष्ट्र र जनताको लागि जीवनदानजस्तै हो, त्यसैले मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको शीघ्र उपचार अनिवार्य छ,” विज्ञप्तिमा भनिएको छ।
पार्टीले हाल देशमा शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रमा व्यापक भ्रष्टाचार, जनअभाव र सामाजिक असमानताको स्थिति रहेको उल्लेख गर्दै समग्र समस्याको मूल कारण दलाल संसदीय व्यवस्था रहेको स्पष्ट पारेको छ ।
साथै, पार्टीले जेनजी पुस्ताद्वारा स्वतःस्फूर्त रूपमा उठाइएको आन्दोलनसँग पूर्ण ऐक्यबद्धता जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण