शेखर कोइरालाद्वारा आफ्नो समूहका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन
सारांश
- डा. शेखर कोइरालाले केपी ओली सरकारमा मन्त्री रहेका आफ्ना समूहका नेताहरूलाई राजीनामा दिन निर्देशन दिएका छन्।
- कोइराला समूहबाट चार मन्त्रीहरू रहेका छन्, जसमा बद्री पाण्डे, प्रदीप पौडेल, रामनाथ अधिकारी र तेजुलाल चौधरी छन्।
- कृषिमन्त्री रामनाथ अधिकारीले कोइरालाको निर्देशन अनुसार राजीनामा दिने तयारी गरिरहेको बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले आफ्नो समूहबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई राजीनामा दिन निर्देशन दिएका छन् । चीन भ्रमणमा रहेका नेता कोइरालाले आफ्नो समूहबाट मन्त्री बनेका चार मन्त्रीलाई राजीनामा दिन टेलिफोनमार्फत निर्देशन दिएको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
कोइराला समूहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी मन्त्री छन् ।
कृषिमन्त्री अधिकारीले आफूलाई नेता डा. कोइरालाले राजीनामा दिन भनेको र राजीनामा दिने तयारीमा रहेको जानकारी दिए । ‘उहाँ (डा. शेखर कोइराला)ले परिस्थिति असहज भयो राजीनामा दिऊँ भन्नुभयो,’ मन्त्री अधिकारीले रातोपाटीसँग भने, ‘म राजीनामा दिने तयारीमा लागेको छु ।’
अरू मन्त्रीहरूले पनि राजीनामाको तयारी गरिरहेको उनले बताए । ओली सरकारमा कांग्रेसको तर्फबाट १० मन्त्री रहेकोमा गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण