रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक
मङ्गलबार, २४ भदौ २०८२, १० : ४६
सारांश
- रास्वपाले सचिवालय बैठक बोलाएको छ, जेनजी पुस्ताको प्रदर्शनबारे छलफल गर्न।
- जेनजी पुस्ताको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै रास्वपाले नेतृत्व तत्काल नलिने बतायो।
- सचिवालय बैठकपछि रास्वपाले दिउँसो केन्द्रीय समिति बैठक बोलाएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ । जेनजी पुस्ताले सोमबार काठमाडौँ लगायत देशभर गरेको प्रदर्शन हिंसात्मक भएपछि आगामी योजना बनाउन बैठक बोलाएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
जेनजी पुस्ताले स्वतःस्फूर्त गरेको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहने तर अहिले नै सडकमा गएर नेतृत्व लिने पक्षमा नरहेको उनले बताए ।
‘भ्रष्टाचार र बेथिति विरुद्ध जेनजी युवाहरूको स्वतःस्फूर्त आन्दोलन हो । यस आन्दोलनमा हाम्रो ऐक्यबद्धता रहन्छ । राजनीति पार्टी भएकाले हामी अहिले नै नेतृत्व गर्ने पक्षमा छैनौँ । आगामी दिनमा कसरी जाने भन्ने विषयमा हामी छलफल गर्छौँ’, उनले भने ।
सचिवालय बैठक लगत्तै रास्वपाले दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण