शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विराटनगरमा पनि कर्फ्यु आदेश जारी

मङ्गलबार, २४ भदौ २०८२, ११ : ०८
मङ्गलबार, २४ भदौ २०८२

विराटनगर । सोमबार सरकारले गरेको युवाहरूको नरसंहारको विरोधमा मंगलबार बिहानैदेखि जताततै प्रदर्शन हुन थालेपछि विराटनगरमा पनि कर्फ्यु आदेश जारी भएको छ । 

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मंगलबार बिहान ११ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।

जिल्लामा विभिन्न समूह र पक्षबाट आ–आफ्ना माग राखी विराटनगर महानगर लगायत जिल्लाका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको छ। त्यस्ता गतिविधि अप्रिय घटना हुने आशङ्का रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठक अनुसार कर्फ्यु जारी भएपछि धर्ना, जुलुस, सभा जस्ता गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले प्रदेशसभा भवन, मुख्यमन्त्रीको कार्यालय, मुख्यमन्त्रीको निवास, प्रशासन कार्यालय, महानगरपालिका, प्रदेश प्रमुखको कार्यालय, निवास, आइसीपी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

540711236_1315264060218363_8414798358295039937_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप