अनिश्चितकालीन यातायात बन्दको घोषणा
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ ।
महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ ।
महासङ्घले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासङ्घले नेपाल सरकारसँग उनीहरूको उपचारको व्यवस्था मिलाउन माग गरेको छ । साथै महासङ्घका सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरुलाई घाइतेहरूको उपचारका लागि सक्दो सहयोग गर्न पनि अनुरोध गरिएको छ ।
दुःखद घटनाका कारण काठमाडौँ उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको र विभिन्न स्थानमा कर्फयू आदेश जारी भएकोले सार्वजनिक यातायात तथा मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको जनाइएको छ ।
यसर्थ, नेपाल सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्न/नगराउन महासङ्घले आफ्ना सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरुलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण