बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलन

लेखक-संस्कृतिकर्मीले भने- ओली सरकार राजीनामा देऊ, छानबिन आयोग गठन गर

मङ्गलबार, २४ भदौ २०८२, १२ : ४३
मङ्गलबार, २४ भदौ २०८२

काठमाडौँ । लेखक, बुद्धिजीवी तथा संस्कृतिकर्मीहरुले सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले गरेको धरपकडको भर्त्सना गरेका छन् । 

खगेन्द्र संग्रौला, निनु चापागाईं, नारायण ढकाल, हरि रोका, झलक सुवेदी, तुल्सीदास महर्जन, युग पाठकलगायत ६० जना बुद्धिजीवीले मंगलबार विज्ञप्ति जारी गर्दै जेनजीले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा सुरु गरेको प्रदर्शनमा केपी शर्मा ओली नेतृत्को कांग्रेस-एमाले गठबन्धन सरकारले नृशंस दमन गरी १९ जना होनहार युवाको हत्या गरेको बताएका छन् । 

उनीहरुले प्रधानमन्त्री ओलीलाई तुरुन्तै राजीनामा दिन पनि माग गरेका छन् । 

‘विरोधको आवाज उठाउनेहरूप्रति निरन्तर असहिष्णु रहँदै आएको ओली नेतृत्वको सरकार अन्ततः क्रूर जनहत्यामा ओर्लिएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ हामी निम्न लेखक, बौद्धिक तथा संस्कृतिकर्मीहरू घाइते आन्दोलनकर्मीहरुको यथाशीघ्र निशुःल्क उपचार गर्न, भदौ २३ को दमनको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न र दमनकारी ओली सरकारलाई तुरुन्तै राजीनामा दिन माग गर्दछौँ ।‘ 

आन्दोलनलाई अराजकतातिर धकेलेर धमिलो पानीमा माछा मार्न खोज्ने प्रतिक्रियावादी तत्त्वप्रति सचेत रहन पनि उनीहरुले आन्दोलनकर्मीलाई आग्रह गरेका छन् । 
‘सर्वपक्षीय संवाद‌मार्फत आन्दोलनकारीका माग पूरा गर्ने पहल लिन जिम्मेवार राजनीतिक दल तथा राज्यका निकायहरूसँग आव्हान पनि गर्दछौं,’ उनीहरुले विज्ञप्तिमा भनेका छन् ।‘

विज्ञप्ति जारी गर्ने लेखक तथा संस्कृतिविद्हरु

१. खगेन्द्र संग्रौला
२. निनु चापागाईं
३. नारायण ढकाल
४. हरि रोका
५. झलक सुवेदी
६. तुल्सीदास महर्जन
७. युग पाठक
८. कुमार उपाध्याय
९. कल्पना चिलुवाल
१०. विनोदविक्रम केसी
११. नवीन तिवारी
१२. राजु स्याङ्तान
१३. भोगीराज चाम्लिङ 
१४. हीरामणि दुःखी
१५. इस्माली
१६. प्रा.डा. जगदीशचन्द्र भण्डारी 
१७. मित्रलाल पंज्ञानी
१८. गौरी देवकोटा
१९. वन्दना ढकाल
२०. इन्दिरा दली
२१. विष्णु भण्डारी 
२२. प्रमोद धिताल
२३. सङ्गीत
२४. अनिल श्रेष्ठ
२५. किशोर शर्मा
२६. मोदनाथ मरहठ्ठा
२७. दीपक भेटवाल
२८. सिर्जना ढकाल
२९. रघु घिमिरे
३०. रामराज रेग्मी 
३१. विष्णु अधिकारी
३२. देव व्रत
३३. सौरभ कार्की
३४. डा. नन्दीश अधिकारी
३५. नारायण शर्मा
३६. महादीप पोखरेल
३७. पुष्कर गौतम
३८. लक्ष्मण उप्रेती
३९. यज्ञबहादुर डाँगी
४०. राजेन्द्र पौडेल
४१. जेबी विश्वकर्मा
४२. शैलज पौडेल
४३. घनश्याम अस्तित्व 
४४. घनश्याम शर्मा पौड्याल
४५. मुकेशचन्द्र राजभण्डारी
४६. बलराम तिमल्सिना 
४७. रवि मिश्र
४८. केदार श्रेष्ठ
४९. गुरुङ सुशान्त
५०. शकुन्तला जोशी
५१.  राजेन्द्र महर्जन 
५२. सोमत घिमिरे
५३. राजेश नेपाली
५४. शशिधर भण्डारी
५५. नवीन विभास
५६. सर्जन गौतम
५७. सुरज उपाध्याय
५८. सुशील गौतम
५९. आरके अदीप्त गिरी
६०. नुमेश घर्ती

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप