एमाले पार्टी कार्यालय सुर्खेतमा तोडफोड पश्चात् आगजनी, कांग्रेस पार्टी कार्यालयमा पनि तोडफोड
सारांश
- सुर्खेतमा जेन जी पुस्ताहरूको आन्दोलनले उग्र रूप लियो र नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड भयो।
- आन्दोलनकारीहरूले एमाले पार्टी कार्यालयमा आगजनी गरे र वीरेन्द्रनगरमा रहेका भवनमा क्षति पुर्याए।
- विद्यार्थीको मृत्युपछि स्वास्थ्यकर्मी सङ्घ पनि आन्दोलनमा सामेल भयो र जेनजीहरूले विश्वविद्यालयको बोर्डमा क्षति पुर्याए।
सुर्खेत । मंगलबार बिहानैदेखि सुर्खेतमा जारी जेन जी पुस्ताहरूको आन्दोलनले उग्र रूप लिन थालेको छ । उनीहरुले मध्यान्हपछि आन्दोलनलाई आक्रामक बनाएका हुन् ।
यसैबिच, आन्दोलनकारीहरूले वीरेन्द्रनगरस्थित नेकपा एमाले, नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
वीरेन्द्रनगरमा एमालेको प्रदेश र जिल्ला पार्टी कार्यालय एउटै भवनमा छ । उक्त भवनभित्र पसेका आन्दोलनकारीहरूले सबै सामानहरू तोडफोड गर्नुका साथै बाहिरबाट ढुङ्गाले हानेर संरचनामा क्षति पुर्याएका छन् । लगत्तै एमाले पार्टी कार्यालयमा आगजनी समेत गरिएको छ ।
यसैबिच, विद्यार्थीको मृत्यु भएसँगै स्वास्थ्यकर्मी सङ्घ पनि ब्यानरसहित आन्दोलनमा होमिएको छ ।
यसैबिच, जेनजीहरुले मध्यपश्चिम विश्वविद्यालयको नयाँ भवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम प्लेट रहेको बोर्डलाई फटाइदिएका छन् । उक्त भवन इन्जिनियरिङ शंकायको हो भने ओलीले यसअघि उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण