कोशीका आन्तरिक मामिलामन्त्री भण्डारीको घरमा प्रदर्शनकारीले गरे तोडफोड
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । सोमबार देशभर सुरु भएको जेनजीको आन्दोलनमा सरकारले निर्मम दमन गरेर १९ जनाको ज्यान लिएपछि मंगलबार आक्रोशित प्रदर्शनकारीले नेताका घर र सरकारी कार्यालयमा निसाना लगाइरहेका छन् ।
इटहरीमा कर्फ्यूको अवज्ञा गर्दै इटहरीमा प्रदर्शनमा ओर्लिएको समूहले इटहरी–६ स्थित मन्त्री भण्डारीको घरमा तोडफोड गरेको हो । तोडफोडबाट घरको सिसा फुटेका छन् । घटनाको विस्तृत जानकारी आइसकेको छैन । जिल्ला प्रशासनले इटहरी क्षेत्रमा प्रर्दशन गर्न, भेला हुन र सभा गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको भएपनि त्यसको अवज्ञा भएको छ ।
प्रदर्शनकारीले मन्त्री भण्डारीको घरको सिसा, अगाडिको गेट तोडफोड गरेपछि आगजनीको प्रयास गरेका थिए । तर घरमा अन्य मानिसहरु पनि भाडामा बस्ने भन्दै केही प्रदर्शनकारीले नै आगजनी रोकेका थिए ।
आक्रोसित प्रदर्शनकारीले नेकपा एमाले इटहरीको पार्टी कार्यालयमा आगजनी गरेको छन् । ठुलो संख्यामा नाराबाजी गर्दै पाटी कार्यालय पुगेका प्रदर्शनकारीले फर्निचरमा तोडफोड गरी आगो लगाएका थिए ।
प्रदर्शनकारी पार्टी कार्यलयमा आगो लगाएपछि मन्त्री रेवतीरमण भण्डारीको घरतर्फ मोडिएका थिए । मन्त्री भण्डारीको घरमा तोडफोड गरेपछि भिड नेपाली कांग्रेसको पार्टी कार्यलयतर्फ मोडिएका छन् ।
प्रदर्शनकारीहरुले हिजो जेनजीको आन्दोलनमा गोली हान्न आदेश दिनेलाई कारबाहीको माग गरिरहेका छन् । ठुलो संख्यामा भेला भएका प्रर्दशनकारीहरुले यतिबेला इटहरीका विभिन्न गल्लीहरुमा भएर नाराबाजी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण