जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्याएको छ, अब संयम रहनोस् : विप्लव
मङ्गलबार, २४ भदौ २०८२, १८ : ००
सारांश
- विप्लवले सरकार विघटन भइसकेको अवस्थामा आन्दोलनरत जेनजीलाई संयम रहन आग्रह गरेका छन्।
- उनले जेनजी विद्रोहले नेपाललाई परिवर्तनको संघारमा पुर्याएको बताए।
- विप्लवले अब देशलाई संसदबाट नभई आन्दोलनरत जनताबाट नेतृत्व दिनुपर्ने धारणा राखे।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार विघटन भइसकेको अवस्थामा आन्दोलनरत जेनजीलाई संयम रहन आग्रह गरेका छन् । मंगलबार विप्लवले जारी गरेको भिडियो सन्देशमार्फत उनले संयम रहन आग्रह गरेका हुन् । आन्दोलनरत जनता बाटनै नेतृत्व दिनेगरी सोच्नुपर्ने बताएका छन् ।
‘जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्याएको छ । दुई दशकको बेथिति, भ्रष्टाचार, लुटपाट, असमानता, दलालीले यो परिणाम ल्याउन अनिवार्य थियो । भ्रष्ट नेता, दल, सरकारले सजाय भोग्नै पर्ने थियो’, उनले भनेका छन्, ‘सरकार विघटन भइसकेको अवस्थामा जेनजीले संयमतापूर्वक सम्वादमा भाग लिनोस् । अब देशलाई संसदभित्रबाट होइन आन्दोलनरत जनताको बिचबाट नेतृत्व दिन सोच्नुपर्दछ । यो काम पनि नयाँ पुस्ताबाट नै गर्ने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण