आन्दोलनमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेलायतमा दीप प्रज्वलन
सारांश
- बेलायतमा रहेका नेपाली समुदायले नेपालमा 'जेन-जी' आन्दोलनमा मारिएका युवाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरे।
- लन्डन, कार्डिफ, अल्डरसट र रिडिङलगायतका सहरहरूमा भेला भएका नेपालीहरूले शहीद युवाप्रति सम्मान व्यक्त गरे र न्यायको माग गरे।
- कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारविरुद्धको आन्दोलनमा मारिएका युवाहरूलाई स्मरण गर्दै नयाँ नेपाल निर्माणको अभियानमा लाग्न आह्वान गरे।
लन्डन । नेपालमा भइरहेको 'जेन-जी' आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्न बेलायतका विभिन्न सहरमा रहेका नेपाली समुदायले श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेका छन्।
_bR2WvP1Wx4.jpg)
लन्डनको ट्राफलगर स्क्वायरदेखि कार्डिफ, अल्डरसट र रिडिङलगायतका स्थानमा बसोबास गर्ने सयौँ नेपाली स्वतःस्फूर्त रूपमा भेला भएर शहीद युवाप्रति सम्मान व्यक्त गरेका हुन्। सहभागीहरूले नेपाली झण्डाको वरिपरि दीप प्रज्वलन गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना पनि प्रकट गरे।
कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई स्मरण गर्दै न्याय, पारदर्शिता र जवाफदेही शासनका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाए। उनीहरूले शान्तिपूर्ण आन्दोलनमा भएको दमनको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
_SNONpc6DEI.jpg)
'हामी टाढा छौँ तर हाम्रो मन नेपालमै छ' भन्दै सहभागीहरूले विदेशमा रहे पनि मातृभूमिको पीडामा ऐक्यबद्धता रहेको सन्देश दिए। यद्यपि, उनीहरूले आन्दोलनको दोस्रो दिन सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीको समेत विरोध गर्दै संयमता अपनाएर 'नयाँ नेपाल निर्माण अभियान' मा लाग्न सबैलाई आह्वान गरे।
नेपालमा भइरहेको यस आन्दोलनले विश्वभरका नेपालीलाई भावनात्मक रूपमा जोडेको र बेलायतमा आयोजित यो कार्यक्रमले ऐतिहासिक महत्त्व राखेको नेपाली समुदायले बताएका छन्।
_KKcaoeKEPI.jpg)
_mxztFLIvWf.jpg)
_UvcC01W1GZ.jpg)
_IWEGcYg8ww.jpg)
_p6kDq9hd5s.jpg)
_dqOuvcUlDF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण