चितवनको भरतपुर कारागारबाट ६० कैदीबन्दी फरार
बुधबार, २५ भदौ २०८२, ०९ : ४५
सारांश
- भरतपुर कारागारबाट करिब ६० कैदीबन्दी भागेका छन्, उनीहरूले तोडफोड र आगजनी गरेका थिए।
- कैदीबन्दीहरूले नाराबाजी र तोडफोड सुरु गरेपछि सुरक्षाकर्मी र उनीहरूबीच झडप भएको थियो।
- फरार कैदीबन्दीहरूको खोजी भइरहेको छ र उनीहरूलाई नियन्त्रणमा लिने प्रयास जारी छ।
मकवानपुर । चितवनको भरतपुर कारागारबाट बुधबार बिहान करिब ६० जना कैदीबन्दी भागेका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले कारागारमा तोडफोड तथा आगजनी गर्दै सुरक्षा घेरा तोडेर र पर्खाल भत्काएर भागेका हुन्।
कारागार प्रशासक रवीन्द्र ढुंगानाले दिएको जानकारीअनुसार, कैदीबन्दीहरूले बिहानैदेखि नाराबाजी र तोडफोड सुरु गरेका थिए। त्यसपछि उनीहरूले आगजनीसमेत गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो। यस क्रममा कैदीबन्दी र सुरक्षाकर्मीबिच झडप पनि भएको थियो।
७४० जनाभन्दा बढी कैदीबन्दी रहेको उक्त कारागारमा १५० जना सुरक्षाकर्मी तैनाथ थिए। कैदीबन्दीहरूको तोडफोड र आगजनी नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूलाई हम्मेहम्मे परेको ढंगानाले बताए।
फरार भएका कैदीबन्दीहरूको खोजी भइरहेको र उनीहरूलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
-
अर्जेन्टिनालाई अब खेलमा फर्किन कठिन, २ गोल खायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण