जेनजी आन्दोलन : कर्णाली प्रदेश सभा जलेर ध्वस्त (तस्बिरहरू)
सारांश
- कर्णाली प्रदेश सभा भवनमा मंगलबार आन्दोलनकारीले आगजनी गर्दा सभाका सबै भवन तथा संरचना जलेर ध्वस्त भए।
- आगजनीका कारण सभा हल, सभामुख र उपसभामुखको कार्यकक्ष, सचिवालय र संसदीय समितिका कार्यालयमा क्षति पुगेको छ।
- आगजनीबाट सम्पूर्ण कागजात, डकुमेन्ट, रेकर्ड, प्राविधिक सामग्री र फर्निचर जलेर नष्ट हुँदा अर्बौंको क्षति भएको अनुमान छ।
सुर्खेत । कर्णाली प्रदेश सभा जलेर ध्वस्त भएको छ । मङ्गलवार जेनजी आन्दोलनकारीहरूले लगाएको आगोले सभाका सबै भवन तथा संरचनाभित्रका सामाग्रीहरू जलेर नष्ट भएको प्रदेश सभाले जनाएको छ ।
प्रदेश सभा सचिवालयका कानुन अधिकृत मदन खड्काका अनुसार, सभाको हल भएको भवन, सभामुख, उपसभामुखको कार्यकक्ष भएको भवन, सचिवालयको भवनदेखि संसदीय समितिका सबै कार्यालयहरूमा आगजनी भएको छ ।
_8eBdkPl6K9.jpg)
‘आगोले सबै कागजात, डकुमेन्ट, रेकर्डहरूदेखि टेक्निकल सामग्री कम्प्युटर, प्रसारण अन्य सामग्रीहरू केही पनि बाँकी छैन,’ उनले रातोपाटीसँग भने, ‘यो ठुलो क्षति हो ।’
_MYZZrPvwL6.jpg)
सभाको मुख्य गेटदेखि भित्रको बाहिरी संरचनाहरू पनि पुरै तोडफोड गरिएको छ भने कुर्सी लगायत अन्य फर्निचर सामग्रीहरू तोडफोड भएका छन् । यस्तै, जल्ने सामग्री सबै जलिसकेको उनको भनाइ छ ।
_Ml3KR2zap2.jpg)
सवारी साधन भने बचेका छन् । उनका अनुसार, केही साना सवारी बाहेक ठुला गाडीहरू आन्दोलनकारी आउनु अगावै प्रहरी कार्यालयमा लिएर राखिएकाले बचे । सबै गरी अर्ब बराबरको क्षति भएको आकलन उनले गरे । हेर्नुहोस् जलेर खरानी भएको प्रदेश सभा तस्बीरहरुः
_RRspvCn3Zx.jpg)
_86UaL9x4I9.jpg)
_75dza6z6RO.jpg)
_DUuAkOsGtQ.jpg)
_z3yE7q8bO0.jpg)
_R5lfPqjLP8.jpg)
_qEzeQL8Ypa.jpg)
_98pTBFi5g0.jpg)
_6wWiSCpE1G.jpg)
_xqVB1QvcqP.jpg)
_Fsow5GirSQ.jpg)
_y2Nbn9CMwe.jpg)
_cLuhSYnVbd.jpg)
_BtP24mVWqC.jpg)
_d5no6MHLOR.jpg)
_y5ZZuhhXMx.jpg)
_N2T6ibVQxa.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण