सभा भवन ध्वस्त भएपछि प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन मंगलबार ध्वस्त भएपछि बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको जानकारी दिएका छन् ।
‘मिति २०८२ साल भदौ २५ गते बुधबार दिनको १.०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ महासचिव पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि भदौ २३ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक पनि सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण