रुसले लगातार सीमा विस्तार गरिरहेको जेलेन्स्कीको आरोप
बुधबार, २५ भदौ २०८२, १५ : ४५
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस लगातार आफ्नो सीमा विस्तारमा सक्रिय रहेको आरोप लगाएका छन् ।
अघिल्लो रात भएको ड्रोन आक्रमण यसको एउटा उदाहरण रहेको पनि जेलेन्स्कीले जिकिर गरेका छन् ।
उनले भने, ‘रातभर भएको हमलामा १५ क्षेत्रलाई निशाना बनाइएको थियो, जसमा ४१५ ड्रोन र ४० भन्दा बढी क्रुज तथा ब्यालेस्टिक मिसाइल प्रहार गरिएको थियो ।’
रुसले हमेसा सीमा विस्तार गरिरहेको जिकिर गर्दै जेलेन्स्कीले कडा प्रतिवाद नगरेको खण्डमा अझ धेरै भूभाग कब्जा गर्ने खतरा औँल्याए ।
रुसले पोल्याण्डको हवाई क्षेत्र हुँदै कैयौँ ड्रोन उडाएको युक्रेनको दाबी छ । पोल्याण्डका सहयोगी नेटो सदस्य मुलुकले रुसबाट पोल्याण्डको हवाई क्षेत्रमा ड्रोन उडाएको घटनाको निन्दा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण