जनमत पार्टीका सांसदले दिए सामूहिक राजीनामा
काठमाडौँ । जनमत पार्टीका बाँकी पाँचै जना प्रतिनिधिसभा सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूले राजीनामा दिएको उनीहरूले लेखेका छन् । राजीनामा पत्रमा उनीहरूले 'जनतासँग उभिएको र जनतासँगै उभिने स्मरणसमेत गराउन चाहन्छु' लेखेका छन् ।
पार्टीअध्यक्ष सीके राउतले यसअघि नै राजीनामा दिइसकेका छन् ।
विज्ञप्तिमा लेखिएको छ – देशको वर्तमान आन्दोलन र अवस्थालाई मध्यनजर गर्दै नौलो गणतन्त्रले नै त्यसलाई सम्बोधन गर्न सक्ने आस्थाका साथ सोको स्थापनाका लागि प्रतिनिधी सभाको सदस्यको पदबाट आजैको मितिबाट जनमत पार्टीका तपसिलका संघीय प्रतिनिधि सभा सदस्यहरू सामूहिक राजीनामा दिएको ब्योहोरा जानकारी गराउँद छु । जनतासँग उभिएको र जनतासँगै उभिने स्मरणसमेत गराउन चाहन्छु । ममाथि आस्था र विश्वास राख्ने जनतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
१ अब्दुल खान
२ अनिता देवी
३ बिनिता सिंह दनुवार
४ गोमा लाभ सापकोटा
५ सोनु मुर्मु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण