जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु
बुधबार, २५ भदौ २०८२, १९ : ५८
काठमाडौँ । जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बुधबार उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिए ।
उनले महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा आज मृत्यु भएको राससलाई जानकारी दिए ।
यो सँगै उक्त आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । यसअघि यही भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो । अन्य ४०० बढी घाइते भएका थिए ।
यसैबिच उनले अहिलेसम्म देशभरका विभिन्न कारागारबाट १३ हजार ५०० बढी कैदी तथा ५०० जति थुनुवा पनि फरार भएका जानकारी दिए ।
ती मध्ये केहीलाई भने पक्राउ गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण