चुनौतीपूर्ण परिस्थितिमा आपसी विश्वास र जिम्मेवार नेतृत्व अत्यावश्यक : कुँवर
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) निवर्तमान अध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले चुनौतीपूर्ण परिस्थितिमा आपसी विश्वास र जिम्मेवार नेतृत्व अत्यावश्यक रहेको बताएका छन् ।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका सन्दर्भमा बुधवार कुँवरले एक विज्ञप्ति जारी गर्दै सो कुरा औँल्याएका हुन् । उनले आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण गर्दै उद्योग, व्यापार र लगानीका लागि सुरक्षित र पारदर्शी वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राखे ।
यसैगरी उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना र उत्पादन वृद्धिमा नीतिगत प्राथमिकता दिनुपर्ने पनि बताए ।
यसैगरी गैरआवासीय नेपालीलाई नागरिकताको अधिकार सुनिश्चित गरी मातृभूमिमा प्रत्यक्ष लगानी गर्ने अवसर दिनुपर्ने पनि उनले बताए ।
विज्ञप्तिमा विश्वभरका गैरआवासीय नेपाली समुदायले नेपालप्रति सकारात्मक सन्देश फैलाउँदै मातृभूमिको समृद्धि र स्थायित्वमा सधैँ साथ र सहयोग गर्ने उल्लेख छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण