आक्रमणलाई आतङ्कवाद भन्दै इजरायलमाथि कतारले लियो कठोर अडान
सारांश
- कतारले दोहामा इजरायलले गरेको आक्रमणलाई आतङ्कवाद भन्यो, जसमा हमासका नेताहरूलाई निशाना बनाइएको थियो।
- कतारले बेपत्ता व्यक्तिको खोजी गरिरहेको छ र मानव अवशेष पहिचान गर्दैछ, साथै तीन हमास सदस्यको पहिचान गरेको छ।
- कतारका प्रधानमन्त्रीले हमासका वार्ताकारको अवस्थाबारे केही बताएका छैनन्, र इजरायलको कार्यलाई आतङ्कवाद भनेका छन्।
दोहा । इजरायलले मंगलबार कतारको राजधानी दोहामा गरेको आक्रमणलाई कतारले आतङ्कवाद भनेको छ । हमासका वरिष्ठ नेताहरूलाई निशाना बनाएर सो आक्रमण भएको थियो । आफूहरूले अझै पनि बेपत्ता भएका दुई व्यक्तिहरूको खोजी गरिरहेको कतारको भनाइ छ । मानव अवशेषहरू पहिचान गरिरहेको बताइएको छ ।
इजरायली सेना भित्र यो आक्रमण सफल नभएकोमा चिन्ता भएको र यो निकै विवादको विषय बनेको भन्दै इजरायली मिडियाले समाचार छापिरहेकै समयमा कतारको यो प्रतिक्रिया आएको हो । कतारको गृह मन्त्रालयले पाँच तल्लो स्तरका हमास सदस्यहरू मध्ये तीन जनाको पहिचान गरेको छ ।
तिनीहरू एक कतारी सुरक्षा अधिकारीसँगै मारिएको हमासले भनेको छ । आफ्नो वार्ता टोलीको हत्या गर्ने इजरायली प्रयास असफल भएको दाबी पनि हमासले गरेको छ । सीएनएनलाई दिएको अन्तर्वार्तामा कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले हमासका प्रमुख वार्ताकार खलील अल–हय्याको अवस्थाको बारेमा कुरा भने गरेका छैनन् ।
‘अहिलेसम्म कुनै आधिकारिक घोषणा भएको छैन ।’ अल थानीले बुधबार साँझ भने । इजरायलको कार्य आतङ्कवाद सरह भएको र कतारका क्षेत्रीय साझेदारहरूले सामूहिक प्रतिक्रिया दिने आशा उनले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण