आगजनीबाट एनआरएनएको भवनमा क्षति, दुई वटा गाडी पनि जले
सारांश
- जेनजी आन्दोलनका क्रममा एनआरएनए भवनमा क्षति पुगेको छ, जसमा आगजनीबाट दुई वटा गाडी जलेर ध्वस्त भएका छन्।
- आगजनीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेको छ, जहाँ नेपाल राष्ट्र बैंकको वित्तीय शाखा रहेको छ, र करोडौँको क्षति भएको अनुमान गरिएको छ।
- एनआरएनएको भवन विवादित रहेको छ, विशेष अदालतले जग्गा जफत गर्ने फैसला सुनाएको थियो, र हाल भवन खाली गराउन खोज्दा अदालत गएको थियो।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) को भवनमा क्षति पुगेको छ । मंगलबारको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले संघमा आगजनी गरेका हुन् । आगजनीबाट संघको दुई वटा गाडी जलेर ध्वस्त भएको छ ।
यस्तै भवनको पहिलो र दोस्रो तलमा सामान्य क्षति भएको छ । संघको भवनको पहिलो र दोस्रो तलामा नेपाल राष्ट्र बैंकको राष्ट्र बैंकको वित्तीय शाखा रहेको छ । जुन शाखाको एक भाग जलेको छ भने कार्यालय प्रवेश गर्दाको दायाँपट्टीको भागतर्फ भने कुनै क्षति भएको छैन ।
यस्तै तेस्रो तलामा रहेको संघको सचिवालयमा भने कुनै क्षति भएको छैन । संघकी वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले मंगलबार साँझपख भएको आगजनीबाट संघको भवनको एउटा भागमा क्षति पुगेको बताइन् । तर, संघको सचिवालय रहेको तला भने सुरक्षित रहेको उनले पुष्टि गरिन् ।
‘राष्ट्र बैंकको कार्यालय रहेको दुई तलाको एक भागमा क्षति पुगेको छ । झ्यालसहितका सिसा र कतिपय कागजात जलेको छ’, उनले बिहीबार रातोपाटीसँग भनिन्, ‘क्षतिको विवरण आइसकेको छैन । तर, करोडौँको क्षति भएको प्रारम्भिक अनुमान गर्न सकिन्छ ।’
उनका अनुसार संघका अध्यक्ष बद्री केसीले चढ्दै आएका निशानको गाडी र आईटी डिपार्टेमेन्टका असिस्टेन्ट डाइरेक्टर महेश श्रेष्ठको अर्को गाडी जलेर ध्वस्त भएको छ । राष्ट्र बैंकमा राखिएका साफोसहितका सामग्री समेत एनआरएनएकै भएको बताइएको छ ।
राष्ट्र बैंकका सुरक्षा गार्डहरूका अनुसार नजिकै रहेको भाटभटेनी जलाएपछि एक समूहले एनआरएनएको कार्यालयमा पनि आगजनी थालेका थिए ।
स्मरणीय छ, एनआरएनएको कार्यालय रहेको भवन भने विवादित छ । विशेष अदालतले संघको कार्यालय रहेको ४८ आना जग्गासहितको भवन जफत हुने फैसला सुनाएको थियो । बहुचर्चित ललिता निवासको जग्गा एनआरएनएले पूर्वअध्यक्ष शेष घलेको पालनामा खरिद गरेको थियो । तर, सोही जग्गा ललितानिवासको भएको विशेष अदालतबाट फैसला आउनुअघि नै एनआरएनएले करोडौँ खर्चेर भवन बनाएको थियो ।
जग्गा खरिद र भवन निर्माणमा एनआरएनएको ५० करोड भन्दा बढी खर्च भएको छ । विशेषको फैसलापछि काठमाडौँ महानगरपालिकाले भवन खाली गराउन खोजेका एनआरएनए त्यसविरुद्ध फेरि अदालत गएको थियो । जसअनुसार उच्च अदालत पाटनबाट तत्काल भवन खाली नगराउन अन्तरिम आदेश ल्याएको एनआरएनए हालसम्म त्यही भवनबाट काम गर्दै आएको छ । उसो त दुई समूह रहेको एनआरएनएभित्र भवनबारे पनि विवाद रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण