तनहुँमा महिलाको बेवारिसे शव फेला
सारांश
- तनहुँको बुल्दी खोलामा एक बेवारिसे महिलाको शव फेला परेको छ।
- प्रहरीले महिलाको सनाखतका लागि सर्वसाधारणलाई अनुरोध गरेको छ।
- मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
तनहुँ । तनहुँको व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दी खोलामा एक बेवारिसे महिलाको शव फेला परेको छ। प्रहरीले करिब ३०–३५ वर्षकी ती महिलाको सनाखतका लागि सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, यही भदौ २३ गते दिउँसो ३ :२५ बजे डिगाउँ जाने पक्की पुलमुनि बुल्दी खोलामा पानीमा डुबेको अवस्थामा महिलाको शव फेला परेको थियो। तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल तनहुँ लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
हालसम्म सनाखत हुन नसकेको उक्त शव पोस्टमार्टमका लागि दमौलीस्थित प्रदेश अस्पतालको शव गृहमा राखिएको छ।
मृतकको उमेर करिब ३०–३५ वर्ष, उचाइ ५ फिट २ इन्च रहेको प्रहरीले जनाएको छ । साथै मृतकको शरीरको माथिल्लो भागमा बैजनी रङको टिसर्ट लगाएको, जसको अगाडि सेतो र खैरो रङको गुडियाको चित्र रहेको प्रहरीले जनाएको छ ।
यदि कसैले यो हुलिया भएको व्यक्तिलाई चिनेमा जिल्ला प्रहरी कार्यालय तनहुँ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी अशोक थापाले आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण