मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एनआरएनएको अक्टोबरमा हुने भनिएको महाधिवेशन स्थगित

बिहीबार, २६ भदौ २०८२, १४ : ४७
बिहीबार, २६ भदौ २०८२

सारांश

  • एनआरएनएको १२औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ, जसले असामान्य राजनीतिक परिस्थितिलाई कारण जनाएको छ।
  • संघले युवा पुस्ताको प्रदर्शन र त्यसपछिका घटनालाई मध्यनजर गर्दै महाधिवेशन ६ महिनाभित्र गर्ने जनाएको छ।
  • एनआरएनएले सरकारविहीन अवस्थामा स्थायित्वका लागि भूमिका खेल्न र युवा पुस्ताका माग सम्बोधन गर्न आग्रह गरेको छ।

काठमाडौं । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबरमा हुने भनिएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। संघले असामान्य राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको जनाएको छ।

भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शन र त्यसपछिका घटनापछि मुलुक अस्थिर बनेको भन्दै संघले महाधिवेशन आगामी ६ महिनाभित्र गर्ने गरी स्थगित गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो। संघले नयाँ मितिमा हुने महाधिवेशनलाई ‘बृहत् एकताको अन्तर्राष्ट्रिय सम्मेलन’का रूपमा आयोजना गर्ने उल्लेख गरेको छ।

यस्तै एनआरएनएले मुलुक सरकारविहीन भएको अवस्थामा स्थायित्व कायम गर्न सबै निकायलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। साथै, युवापुस्ताका माग सम्बोधन गर्न सार्थक र परिणाममुखी संवादमार्फत निकास निकाल्न सरकारलाई आग्रह गरिएको छ।

संघका अध्यक्ष डा. बद्री केसीले जारी गरेको उक्त विज्ञप्तिमा संकटको घडीमा विश्वभर रहेका सबै गैरआवासीय नेपालीलाई विगतका तिक्तता र मतभेदलाई छोडेर सहकार्य र एकताको भावना सहित मातृभूमिप्रतिको उत्तरदायित्व निर्वाह गर्न आह्वान गरिएको छ । यस्तै विज्ञप्तिमा जेनजी आन्दोलनका क्रममा संघको बालुवाटारस्थित भवनमा क्षति पुगेको समेत उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप