जेनजीकै प्रस्तावमा संविधानभित्रैबाट अन्तरिम सरकार गठन गरौँ : नेता श्रेष्ठ
बिहीबार, २६ भदौ २०८२, १५ : ०६
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजीकै प्रस्तावमा संविधानभित्रैबाट अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता श्रेष्ठले वर्तमान संविधान र संवैधानिक प्रक्रियालाई नै पक्रेर जेनजी कै प्रस्ताव र सहमति अनुसारको अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका हुन् ।
उनले वर्तमान राजनीतिक रिक्तता र संक्रमणकाल लम्बिन नहुनेमा जोड दिँदै जेनजीको मागलाई व्यवहारमा लागू गर्ने प्रक्रियामा अघि बढ्न सबैले सहमति निर्माण गर्नुपर्ने बताए ।
उनले आन्दोलनकारीहरूको मुद्दालाई सम्बोधन गर्ने गरी र संविधान तथा लोकतन्त्रबाट विचलित नहुने गरी राष्ट्रिय सहमतिका साथ टुङ्गोमा पुग्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण