काठमाडौँको सडकमा प्रहरीले लिन थाल्यो ड्युटी
काठमाडौँ । जेनजी प्रदर्शनका कारण रक्षात्मक अवस्थामा पुगेको काठमाडौँ उपत्यकामा प्रहरीले ड्युटी लिन थालेको छ । भदौ २४ मा प्रदर्शनकारीले उपत्यकाका प्रहरी वृत्त र प्रभागहरुमा आगजनी गरेर प्रदर्शनकारीहरूले हतियार लुटेका थिए ।
प्रदर्शनकारीको आक्रमणमा परेका डीएसपी इन्चार्ज हुने वृत्तका प्रहरी कर्मचारीहरू नजिकको सैनिक ब्यारेकमा पुगेका थिए । सेनाले सुरक्षा कमाण्ड लिएर स्थिति नियन्त्रणमा आएपछि प्रहरी कर्मचारीहरू फिल्डमा फर्किएका हुन् ।
काठमाडौँको सडकमा ड्युटी लिन प्रहरी प्रधान कार्यालयबाट ३ सय भन्दा धेरै प्रहरी परिचालन गरिएको छ । एक जना उच्च प्रहरी अधिकृत भन्छन्, ‘काठमाडौँको सडकमा प्रहरी खटाउन थालेका छौँ ।’
..-001_a5LPOAmuZH.jpg)
काठमाडौँ उपत्यकामा रहेका वृत्त र प्रभागका प्रहरी कर्मचारीहरू अझै काममा फर्किन सकेका छैनन् । प्रदर्शनकारीले प्रहरी वृत्त थानकोट, दरबारमार्ग, सातदोबाटो र बानेश्वर लगायतका वृत्तमा आगजनी गरेका थिए । प्रहरीका अधिकांश कार्यालयहरू तोडफोड भएका छन् ।
भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको भवनमा प्रदर्शनकारीहरूले आक्रमण प्रयास गरेका थिए । २०८१ भदौमा उद्घाटन गरिएको सो भवनचाहिँ प्रहरी कर्मचारीले जोगाएका छन् ।
सशस्त्र प्रहरीको ट्रक कब्जा गरेर करिब २ सय मानिस ट्रक लिएर काठमाडौँ प्रहरीको भवन कब्जा गर्न गएका थिए । तर, सुरक्षा रणनीति प्रयोग गरेर भवन जोगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘हामीले सुरक्षा रणनीति प्रयोग गरेर कार्यालय भवन जोगाएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण