भारत भाग्दै गरेका ६ जना कैदी समातिए
सारांश
- डडेलधुरा कारागारबाट भागेका ६ कैदीलाई बैतडीबाट पक्राउ गरिएको छ।
- पक्राउ पर्नेहरू कर्तव्य ज्यान, जबर्जस्ती करणी र चोरी मुद्दामा दोषी थिए।
- फरार कैदीहरू भारततर्फ भाग्दै गरेको सूचनाको आधारमा पक्राउ परेका हुन्।
बैतडी । डडेलधुरा कारागारबाट भागेका ६ कैदी बैतडीबाट समातिएका छन् । संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका–१ सकारबाट उनीहरूलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी र अछाम घर भएका दुई/दुई र दार्चुला तथा बैतडी घर गएका एक÷एक जना रहेका छन् । उनीहरू कर्तव्य ज्यान मुद्दा, जबर्जस्ती करणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जेल चलान भएका बताइएको छ ।
‘जेनजी’को प्रदर्शनका कारण बुधबार बिहानै डडेलधुरा कारागार तोडफोड गरेर कैदी बन्दी फरार भएका थिए । पक्राउ परेका सबैलाई डडेलधुरा प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रजिअ पौडेलले बताए ।
कारागारबाट कैदी भागेपछि संयुक्त सुरक्षा टोलीले उनीहरूलाई खोज्न ‘अप्रेसन’ चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण