अपडेट
नख्खु कारागारबाट फरार भएका पूर्वराज्यमन्त्री सञ्जय टकला पक्राउ
बिहीबार, २६ भदौ २०८२, १८ : ४६
काठमाडौँ । ललितपुरको नख्खु कारागारबाट फरार भएका सञ्जय साह ‘टकला’लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले काभ्रेबाट पक्राउ गरेको हो । जनकपुरबाट काठमाडौँ फर्किँदै गर्दा प्रहरी चेकिङको क्रममा उनी पक्राउ परेका हुन् ।
जेनजी प्रदर्शनकारीले नख्खु कारागार घेरेर भदौ २४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई निकालेका थिए । सो क्रममा टकला पनि जेलबाट फरार भएका हुन् ।
टकलाई अहिले धुलिखेलमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एक जना अधिकृतले रातोपाटीलाई बताए । १२ वर्ष देखी नख्खु कारागारमा रहेका साह पूर्व राज्यमन्त्री हुन् ।
अदालतले उनलाई जन्मकैदको सजाय गरेको छ । २०६९ वैशाख १८ मा जनकपुरको रामनन्द चोकमा ५ जनाको ज्यान जानेगरी भएका बम विष्फोटको घटनामा उनी मुख्य अभियुक्त हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण