पूर्वसुरक्षा अधिकारीहरूले भने– ‘लामो समय सरकार विहीनता रहे सुरक्षा चुनौती थपिन्छ’
काठमाडौँ । पूर्वआईजीपी सहितका सुरक्षा अधिकारीहरूले सरकार बिनाको अन्यौलता लामो समय रहेमा सुरक्षा चुनौती थपिने बताएका छन् । पूर्वप्रहरी महानिरीक्षक फोरमका संयोजक मोतीलाल बोहरा सहितका सुरक्षा अधिकारीहरूले बिहीबार एक विज्ञप्ति प्रकाशन गर्दै सो कुरा बताएका हुन् ।
जेनजी प्रदर्शनपछि देखिएको सरकार बिनाको अन्यौलता लामो समय रहिरहे अवाञ्छित समूहलाई चलखेल गर्ने अवसर हुने उनीहरुले बताएका छन् । ‘सरकार बिनाको यो अन्योलताको अवस्था लामो समयसम्म रहिरहे अवाञ्छित समूहहरूलाई चलखेल गर्ने अवसर प्राप्त भई सुरक्षा चुनौती थपिने सम्भावना रहन्छ’ पूर्वसुरक्षा अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले दिगो राजनीतिक निकास दिनु अहिलेको अपरिहार्य आवश्यकता हो ।’
राज्यपक्षले जनभावनाको पूर्वानुमान र पर्याप्त सूचना विश्लेषण नगर्दा विस्फोटको परिस्थिति सिर्जना भएको यथार्थता उनीहरुले औँल्याएका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यका काम कारबाही विरुद्ध उठेका आवाज सबै गलत छन् भन्ने सोच तथा सरकारी स्थायी संयन्त्रहरूले पनि अन्धभक्त भएर त्यसलाई अनुसरण गरिरहँदा गुम्सिन गएको जनआक्रोशले यसरी एकाएक विष्फोटको परिस्थिति सिर्जना गर्दोरहेछ भन्ने यथार्थतालाई पनि सबैले मनन गर्नुपर्ने पाठलाई बिर्सनुहुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण