शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: सेनापतिद्वारा ब्रिफिङ, काठमाडौँ उपत्यकामा कफ्र्यू आदेश यथावत्

शुक्रबार, २७ भदौ २०८२, ०० : ००
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • जेनजी आन्दोलनपछिको अवस्थाबारे नेपाली सेनाले निषेधाज्ञाको समय केही कम गरेको छ।
  • राष्ट्रपति र प्रधानसेनापतिबीच भेटवार्ता भई जेनजी समूहसँगको वार्ता प्रयासबारे छलफल भयो।
  • देशभरको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ, र रुपन्देहीमा कफ्र्यु आदेश जारी गरियो।

काठमाडौँ । रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित १२ बजे १२ समाचार लिएर आएका छौँ–

१. जेनजी आन्दोलनपछिको परिस्थिति

नेपाली सेनाले काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कफ्र्यु आदेशलाई निरन्तरता दिए पनि निषेधाज्ञाको समय भने केही कम गरेको छ । यसअघि बिहान १० बजेदेखि निषेधाज्ञा लागु गरिएकोमा शुक्रबार बिहान ११ बजेदेखि मात्र निषेधाज्ञा लागु गरिने भएको हो ।

२. सेनापतिको ब्रिफिङ

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबिच बिहीबार साँझ भेटवार्ता भएको छ ।

राष्ट्रपति बस्दै आएको स्थानमा पुगेर प्रधानसेनापतिले भेट गरेको उच्च स्रोतले रातोपाटीलाई बतायो ।

सो क्रममा सेनापतिले जेनजी समूहसँग हालसम्म भएको वार्ता प्रयासका सम्बन्धमा ब्रिफिङ गरेको स्रोतको भनाइ छ ।

३. जाँचपास

नेपाल र भारत सीमामा रोकिएका मालवाहक ट्रकहरूको भन्सार जाँचपास पुनः सुरु भएको छ।

नेपाली भन्सार कार्यालयहरूमा देखिएको सुरक्षा अवस्था र कर्मचारी अभावका कारण केही दिनदेखि अवरुद्ध रहेको जाँचपास प्रक्रिया पुनः सञ्चालनमा आएको हो । योसँगै अत्यावश्यक वस्तुहरूको नेपालतर्फको आपूर्ति सहज भएको छ।

४.  राष्ट्रपतिको विज्ञप्ति

मुख्य राजनीतिक दल र सरोकारवाला पक्षहरूले खोजी गरिरहँदा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार एक विज्ञप्ति सार्वजनिक गरेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राष्ट्रपति कार्यालय शीतलनिवास जल्ने समयमा कार्यालयबाट बाहिरिएपछि पौडेल सार्वजनिक रुपमा देखिएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेपछि धेरैले राष्ट्रपति पौडेलबाट राष्ट्रको नाममा सम्बोधन आउने अपेक्षा गरेका थिए । तर, बिहीबार मात्र राष्ट्रपति पौडेलले एक विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्ति जारी गर्दै पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका छन्। उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका छन्।

५. खाद्यान्न अभावको चिन्ता

दसैँ आउन ११ दिन मात्रै बाँकी छ । तर केही दिनयता जेनजी आन्दोलनपछि देश विषम परिस्थितिबाट गुज्रिरहेको छ । परिस्थितिलाई सामान्य बनाउन प्रशासन कार्यालयहरुले देशका धेरैजसो जिल्लामा निषेधाज्ञा र कफ्र्यू आदेश जारी गरेका छन् ।

६. मानसिक स्वास्थ्य

जेनजी आन्दोलनपछि नेपाली राजनीतिले अर्कै मोड लिएको छ । प्रदर्शन हिंसात्मक बन्दा राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, थुपै सरकारी कार्यालय, प्रहरी कार्यालय, नेताका घर, निजी घर व्यापारिक केन्द्रमाथि आगजनी र तोडफोड भयो । आन्दोलनका क्रममा कम्तीमा ३४ जनाले ज्यान गुमाए भने एक हजार भन्दा घाइते भए । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो सब घटनापछि आम नागरिकमा बेचैनी, छटपटी, अनिद्रा, निराशाजस्ता मानसिक तनाव बढेको छ । यस्तो विषम परिस्थितिमा मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने ?

७.  १६ नेताको संयुक्त विज्ञप्ति

मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै १६ जना नेताहरूले संविधानसम्मत ढङ्गले तत्काल अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन्।

८. संवैधानिक प्रक्रियामा जोड

जेनजी आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति विकसित भएको छ । नेपाल र नेपाली जनताको भाग्य तथा भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्रको आवश्यकताबारे बहस र छलफल भइरहेका छन् ।

 ती बहस र छलफलपछि लिइने निर्णय नै देश र नागरिकको भविष्य निर्माणका प्रमुख आधार बन्नेछन् । यहीबीचमा संवैधानिक प्रक्रियाबाटै ‘निकास’को पक्षमा  प्रमुख राजनीतिक दल खुलेका छन् ।

९. अदालत

सर्वोच्च अदालतले भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरण निवेदनमा नियमित सुनुवाइ गर्ने भएको छ । 

१०. मृत्यु हुनेको संख्या ३४

देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

११. रुपन्देहीमा राति १० बजेदेखि कफ्र्यु आदेश

रुपन्देहीमा बिहीबार राति १० बजेदेखि शुक्रबार (भोलि)  बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कफ्र्यु आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले बताए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा २६ (क) बमोजिम आदेश जारी गरिएको उनले जानकारी दिए ।

१२. भग्नावशेष

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा सर्वसाधारणको भीड लागेको छ ।

घरमा महत्त्वपूर्ण समान भेटिने आसमा उनीहरूले खरानी पन्छाउँदै खोज्ने काम गरी रहेको देख्न सकिन्छ । सामान्य अवस्थामा देउवाको घर पस्न नपाएका सर्वसाधारणहरू आलिसान घर र घर वरिपरिको क्षेत्र देखेर आश्चर्य समेत देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप