कार्कीको नियुक्ति प्रक्रियामै अड्कियो शीतल निवासको छलफल
सारांश
- शीतल निवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा छलफल भइरहेको छ।
- ठूला दल र राष्ट्रपतिबीच कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बने पनि कानुनी प्रक्रिया चुनौती बनेको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविद्हरूसँग 'बाधा अड्काउ फुकाउ' प्रावधानबारे परामर्श गरेका छन्, तर निर्णय हुन बाँकी छ।
काठमाडौँ। शीतल निवासमा बिहीबार साँझदेखि जारी बैठकको केन्द्रबिन्दु पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री कसरी नियुक्त गर्ने भन्ने विषय बनेको छ।
अन्तरिम सरकारको नेतृत्व कार्कीलाई दिनेमा ठुला दल र राष्ट्रपतिबिच सहमति भए पनि संविधानले तोकेको प्रक्रिया ठुलो चुनौती बनेको हो। संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने स्पष्ट व्यवस्था छ, तर कार्की सांसद नहुँदा कानुनी आधार कसरी निर्माण गर्ने भन्नेबारे लामो परामर्श भइरहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि संविधानको धारा ६१ (४) मा रहेको ‘बाधा अड्काउ फुकाउ’ को प्रावधान प्रयोग गर्न सकिने/नसक्ने विषयमा संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग पनि छलफल गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलसँगै प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी बैठकले शुक्रबार बिहानसम्म पनि अन्तिम निर्णय कसरी गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्न सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण