दुग्धजन्य उत्पादन संकलन र ढुवानीमा सहजता ल्याउन आग्रह
शुक्रबार, २७ भदौ २०८२, १३ : ५९
काठमाडौँ । जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा दुग्ध उत्पादन र वितरणमा पनि समस्या देखिएको छ । दुग्ध विकास बोर्डले आवश्यक सहजीकरण गर्न सरोकार निकायलाई आग्रह गरेको छ ।
शुक्रबार बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले विज्ञप्ति जारी गरी दुध मानव जीवनमा अपरिहार्य खाद्यपदार्थ भएकाले यसको संकलन, प्रशोधन र वितरणमा अवरोध नहुने सुनिश्चित गर्न आग्रह गरेका छन् । यसअघि केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड र डेरी उद्योगहरूले दुग्धजन्य उत्पादन र वितरणमा अवोध नगर्न अपिल गरेका थिए ।
किसानहरूबाट उत्पादित कच्चा दूध सहजै संकलन गर्न सम्बन्धित उद्योगीहरूलाई समेत आग्रह गरिएको छ । बोर्डले दुग्ध उत्पादक किसानलाई मार नपरोस् र उपभोक्ताले आवश्यक दूध तथा दुग्ध पदार्थ सहजै पाउन सकुन् भनेर सबै पक्षलाई जिम्मेवार रहन आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण