जेनजी आन्दोलन
काठमाडौँ महानगरपालिकाले शव व्यवस्थापनका लागि बनायो विशेष टोली
शुक्रबार, २७ भदौ २०८२, १४ : ०२
सारांश
- काठमाडौं महानगरपालिकाले आन्दोलनमा निधन भएका व्यक्तिको शव व्यवस्थापन गर्ने भएको छ।
- महानगरपालिकाले घाइतेहरूको उपचार र घर फर्किने व्यवस्थापनका लागि विशेष टोली खटाएको छ।
- महानगरले पीडित परिवारलाई यातायात, आवास र शव वाहनको व्यवस्था गर्ने जनाएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेन जेड आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौँसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्याउन शव वाहनको व्यवस्था गरेको छ ।
महानगरपालिकाले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात् घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि विशेष टिम परिचालन गरेको हो ।
विशेष टोलीका सदस्यहरुमा जगदीश अर्याल, विज्ञान घिमिरे र ईश्वर वाग्ले रहेका छन् । ‘हामी यस दुःखद घडीमा पीडित परिवारजनका साथ छौँ,’ महानगरपालिकाका एक अधिकारीले भने– ‘हाम्रो पहिलो प्राथमिकता भनेको पीडितलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउनु हो ।’
महानगरपालिकाले पीडित परिवारलाई सहयोग गर्नका लागि सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण