रुपन्देहीमा पुनः निषेधाज्ञा र कर्फ्यु आदेश जारी
सारांश
- रुपन्देही जिल्ला प्रशासनले सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गर्दै निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।
- राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू हुनेछ भने आवतजावत, सभा, जुलुस, प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ।
- निषेधाज्ञा बिहान ६ बजेदेखि राति ९ बजेसम्म लागू हुनेछ, जसमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन।
बुटवल । रुपन्देही जिल्ला प्रशासन कार्यालयले पुनः निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।
आज बिहान ६ बजेबाट कर्फ्यु हटेपछि जनजीवन सामान्य बन्दै गएको अवस्थामा सम्भावित प्रदर्शन, जुलुस र झडपलाई दृष्टिगत गर्दै प्रशासनले पुनः आदेश जारी गरेको हो।
जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थायी प्रशासन ऐन, २०७४ को दफा ६ को उपदफा ९३० बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले २०८२ साल भदौ २७ गतेदेखि अर्को आदेश नभएसम्मका लागि आदेश जारी गरेका छन्।
आदेशअनुसार राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू हुनेछ। यस अवधिमा आवतजावत, सभा, जुलुस, प्रदर्शन, बैठक र धर्ना जस्ता गतिविधि पूर्णतया निषेध गरिएको छ।
त्यस्तै, बिहान ६ बजेदेखि राति ९ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ। यस अवधिमा पाँच जनाभन्दा बढी भेला भई सभा, जुलुस, प्रदर्शन, धर्ना, धार्मिक वा अन्य कोणसभामूलक कार्यक्रम गर्न पाइने छैन।
आदेश उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
-
कोशी प्रदेशको बजेटमा नारा : कति थपिए, कति हराए ?
-
दलहरूसँग एकीकरण गर्न जनमतले बनायाे तीन सदस्यीय वार्ता टोली
-
लुम्बिनी सरकारकाे बजेट : प्रशंसा र आलोचनाबिच कार्यान्वयनको प्रश्न
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण