एमालेका बुढा नेतालाई ‘बिदा’ गर्न सुझाव
सारांश
- नेकपा एमालेभित्र पाका पुस्ताका नेताहरूलाई बिदाइ गर्ने विषयमा बहस सुरु भएको छ।
- युवा नेताहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै पाका पुस्ताको विकल्प खोज्न थालेका छन्।
- अनेरास्ववियुका पूर्व सदस्य हिक्मतजंग खड्काले उपमहासचिवभन्दा माथिका नेतालाई सल्लाहकार बनाउनुपर्ने प्रस्ताव गरेका छन्।
काठमाडौँ । नेकपा एमालेभित्र पाका पुस्ताका नेताहरूलाई बिदाइ गर्नु पर्ने विषयमा बहस सुरु भएको छ ।
जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित भदौ २३ र २४ गतेको आन्दोलन भड्किदा हिंसामा परिणत भएर जनधनको क्षतिमात्रै भएन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न पुगेको थियो । ओली नेतृत्वको सरकार ढलेपछि पार्टीका युवा नेताहरू पाका पुस्ताबाट पार नलाग्ने भन्दै विकल्प खोजी गर्न आन्तरिक छलफलमा लागेका हुन् ।
यसअघि एमालेका धेरै नेता कार्यकर्ताहरू पाका पुस्तालाई बिदा गरेर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने पक्षमा भए पनि खुलेर बोल्न सक्ने अवस्था थिएन । सोही अवस्थाका कारण भदौ २२ गते सकिएको एमालेको दोस्रो विधान महाधिवेशनले ७० बर्से उमेर हद र कार्यकारी पदमा २ कार्यकालको व्यवस्था समेत हटाएर उनीहरूलाई नै नेतृत्वमा पुर्याउने बाटो खोलिएको थियो । तर एमालेले आफ्नो विधानमा यो व्यवस्था गरेको भोलिपल्टबाट सुरु भएको जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार नै ढलेनमात्र व्यवस्था र संविधानमाथि नै गम्भीर प्रश्न उठ्न पुग्यो ।
यसैक्रममा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वस्थायी कमिटी सदस्य हिक्मतजंग खड्काले सामाजिक सञ्जालमै पाका पुस्ताका नेताहरूको विकल्प खोज्नुपर्ने बहसको सुरुवात गरेका छन् । उनले हाल पार्टीमा उपमहासचिव भन्दा माथिल्लो तहका नेताहरूलाई सल्लाहकार बनाउन सकिने तर कार्यकारी जिम्मेवारीबाट बिदा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
त्यस्तै उनले एमालेमा नयाँ नेतृत्वमा आयोजक कमिटी घोषणा गर्दै आयोजक कमिटीमा ४०मुनिका ५० प्रतिशत युवाहरूलाई स्थान दिएर पार्टी पुनर्गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
त्यसबाहेक खड्काले पार्टीबाट सांसद, मन्त्री र लाभका पदमा रहेकाहरूको चलअचल सम्पत्ति सार्वजनिक गर्नुपर्ने, पार्टीको केन्द्रदेखि तल्लो तहसम्म अनिवार्य एक कमिटी एक निर्माणको योजना अगाडि बढाउनुपर्ने, जेनजीले उठाएका जायज मुद्दामा पार्टीले समर्थन जनाउँदै पार्टीलाई पुनर्निर्माण गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् । खड्काको अघि सारेको ७ बुँदे प्रस्तावमा समयको माग बुझ्दै पार्टीभित्रका भ्रष्टाचारी पहिचान गरेर पार्टीबाटै निकाल्नुपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण