सुशीला कार्कीलाई तत्काल शपथ गराइयोस् : सुदन किराती
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा तत्कालै शपथ गराउनुपर्ने माग गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता किरातीले वर्तमान अस्थिर र संवेदनशील परिस्थितिमा संविधानको रक्षा गर्न तथा विदेशी हस्तक्षेपबाट देशलाई जोगाउन जेनजी पुस्ताले अघि सारेको प्रस्तावलाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेका हुन्।
उनले भनेका छन्, 'यो विशिष्ट परिस्थितिमा नेपालको संविधान रक्षा र विदेशी हस्तक्षेपबाट देशलाई बचाउनको लागि जेनजीहरुको प्रस्तावमा परेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको यथाशीघ्र शपथ खुवाइयोस्।'
किरातीले युवापुस्ताको आन्दोलनलाई वैधानिक निकास दिने एक मात्र बाटो अन्तरिम सरकार गठन भएको भन्दै राजनीतिक दल र राज्यका अंगलाई त्यसतर्फ गम्भीर हुन पनि आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण