नव नियुक्त प्रधानमन्त्री कार्कीको पिएसओमा डीएसपी निशान थापा
सारांश
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सुरक्षाका लागि डीएसपी निशान थापालाई खटाइयो।
- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरे।
- जेनजी प्रदर्शनका कारण बालुवाटारमा आगजनी भए पनि कार्की सोही निवासमा बस्ने भएकी छन्।
काठमाडौं। नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)मा डीएसपी निशान थापालाई खटाइएको छ । आईजीपी चन्द्रकुवेर खापुङले कार्कीको सुरक्षामा थापालाई पठाउने निर्णय गरेका हुन् ।
जेनजी प्रदर्शनको भावना अनुसार संविधानको धारा ६१ प्रयोग गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । कार्कीले शितल निवासमा शपथ लिएकी छन् ।
नव नियुक्त प्रधानमन्त्री बालुवाटारमा नै बस्ने भएकी छन् । जेनजी प्रदर्शनको क्रममा प्रधानमन्त्रीको निवासमा आगजनी भएपनि मुख्य निवासमा आगजनी नभएको हुनाले त्यहि बस्न लागिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
जेनजी प्रदर्शन नियन्त्रण बाहिर गएपछि भदौ २४ मा केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिएर बालुवाटार छाडेका थिए । त्यसपछिको नयाँ परिस्थिती अनुसार ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी राष्ट्रपतिले कार्कीलाई नियुक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण