प्रतिनिधिसभा विघटन असंवैधानिकः नेपाल बार एशोसिएशन
सारांश
- नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै कडा भर्त्सना गरेको छ।
- बारले राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय स्वेच्छाचारी र संवैधानिक सर्वोच्चताको उल्लङ्घन भएको जनाएको छ।
- बारले लोकतन्त्रको पुनःस्थापना र संवैधानिक सर्वोच्चताको पालना गर्न माग गरेको छ।
काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै त्यसको कडा भर्त्सना गरेको छ। बारले राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबा प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने निर्णय स्वेच्छावादी र संवैधानिक सर्वोच्चताको प्रत्यक्ष उल्लङ्घन रहेको जनाएको छ।
“प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने गरी राष्ट्रपतिबाट भएको निर्णय स्वेच्छावारी र असंवैधानिक रहनुका साथै कानूनको शासन, संवैधानिक सर्वोच्चता एवं संविधानवाद समेतको प्रत्यक्ष बिपरित रहेको निष्कर्षसहित यस कदमको कडा भर्त्सना गर्दछौं”, बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
बारले यस कदमले नेपाली जनताले लोकतन्त्रका लागि गरेको लामो संघर्षलाई कमजोर पार्ने चेतावनी दिंदै लोकतन्त्र, गणतन्त्र र समावेशितासहितको संघीयतालाई खोस्ने प्रयास भएको आरोप लगाएको छ।
संविधान नै राष्ट्रिय सहमतिबाट बनेको कागजात भएकाले यसलाई कमजोर पार्ने कुनै पनि कार्य स्वीकार्य नहुने बारले विज्ञप्ति मार्फत जनाइको छ । “लोकतन्त्र, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता र मानव अधिकारको एक सचेत पहरेदारको रूपमा नेपाल बार एशोसिएशन यस कार्यको घोर भर्त्सना गर्दछ। यस्ता कार्यहरूले लोकतान्त्रिक संस्थाहरुमाथि जनविश्वास घटाउँछ र हाम्रो संवैधानिक व्यवस्थाको जगलाई नै खतरामा पार्छ,” विज्ञप्तिमा उल्लेख छ।
बारले लोकतन्त्रको तत्काल पुनःस्थापना र संवैधानिक सर्वोच्चताको अटल पालना गर्न माग गर्दै सबै सरोकारवालाहरुलाई संविधानमा निहित जनचाहनाको सम्मान गर्न र कठिन संघर्षबाट प्राप्त उपलब्धिहरूलाई अस्थिर बनाउन सक्ने कुनै पनि गतिविधिबाट सचेत रहन आह्वान गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल बार एशोसिएशन कुनै पनि बहानामा यस्तो पश्चगामी कदमलाई अस्वीकार गर्दछ। संविधानको अक्षरशः पालना गर्न, जनताको बलिदानीपूर्ण इतिहासको रक्षा गर्न र संवैधानिक सर्वोच्चता कायम राख्न हामी आवश्यक सबै कदम चाल्न तयार छौं।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण