प्रत्यक्ष कार्यकारीको अवसर गुम्न पुग्यो : सरल सहयात्री
सारांश
- माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था स्थापना गर्ने अवसर गुमेको आरोप लगाए।
- उनले वर्तमान प्रतिनिधिसभाबाटै संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था सुनिश्चित गर्न सकिने बताए।
- अध्यक्ष सहयात्रीले जेनजीले प्रतिनिधिसभा विघटनलाई पूर्वशर्त बनाउँदा गल्ती गरेको धारणा राखे।
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले जेनजीले प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था स्थापना गर्ने ऐतिहासिक अवसर गुमाएको आरोप लगाएका छन् । वर्तमान प्रतिनिधि सभाबाटै संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था सुनिश्चित गर्न सकिने अवस्था रहेपनि उक्त प्रक्रियामा नजाँदा प्रत्यक्ष कार्यकारी प्रमुख व्यवस्था स्थापना गर्ने अवसर गुमेको उनले बताए ।
सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष सहयात्रीले 'प्रतिनिधिसभा विघटनलाई पूर्वशर्त' बनाउने अडान राखेर जेनजीले गम्भीर गल्ती गरेको बताए ।
'अहिले र तत्काल, यही प्रतिनिधि सभा मार्फत संविधान संशोधन गरेर हुनसक्ने प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थालाई प्रतिनिधिसभा विघटन पूर्वशर्त भन्ने बचकाना ढिपी गरेर जेनजीले ऐतिहासिक र गम्भीर गल्ती गरेको छ।' उनले भनेका छन् ।
यो अडानका कारण अब नेपालमा प्रत्यक्ष कार्यकारी प्रणाली स्थापना हुने सम्भावना निकै कम भएको उनको विश्लेषण छ। सम्भवतः प्रत्यक्ष कार्यकारी प्रणाली नेपालमा हुने सम्भावना निकै कम रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण